← समाचारमा फर्कनुस्
Top Headlines Oct 19, 2026 · Swadesh

ओमानलाई हराएपछि नेपालको छैटौं स्थान पक्का

ओमानलाई हराएपछि नेपालको छैटौं स्थान पक्का

नेपालले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप डिभिजन–टु मा सोमबार ओमानलाई १० रनले पराजित गरेको छ र यो जितपछि नेपाल छैटौं स्थानमा उक्लेको छ । शीर्ष छ भित्र रहेर नेपालले आफ्नो वान डे हैसियत पनि बचाएको छ । यससँगै नेपालले प्रतियोगितामा सुखद अन्त्य पनि गरेको छ ।

नेपालले आफ्ना सबै ३६ खेल खेलेर ३० अंक बटुलेको छ । नेपालको जितले क्यानाडा भने सातौं स्थानमा झरेको छ । क्यानाडा २९ अंकमै सीमित रह्यो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रतियोगितामा सहभागी आठ टिममध्ये कतिको वान डे हैसियत कायम रहने हो त्यो औपचारिक रूपमा भनेको छैन् ।

तर शीर्ष छ स्थानमा रहेर प्रतियोगिता टुंग्याउन नेपालका लागि वान डे टिम रहन पर्याप्त मानिएको छ । जितका लागि २ सय ८१ रन पछ्याएको ओमनले ५० ओभरमा सात विकेट गुमाएर २ सय ७० रन मात्र बनाउन सक्यो । ओमानले ठोस सुरुआत लिएर पनि त्यसको फाइदा लिन सकेन् ।

अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा घरेलु टिम ओमानले एक समय १ सय ९० रन बनाउँदा दुई विकेट गुमाएको स्थितिमा थियो । घरेलु टिमका लागि ओपनर जितेन्द्र सिंहले सर्वाधिक ८९ रन बनाए । यस्तै हमाद मिरजाले ८७ रन जोडे । अन्त्यतिर हसनन साहले २३ बलमा ४० रन थपे ।

यसअघि नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा चार विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । त्यसमा ओपनरको भूमिकामा ओर्लेका देव खनालले ६५ बलमा ५७ रन बनाए । यस्तै इशान पाण्डेले २९ रनको योगदान गरे ।

नेपालको इनिङ्स सम्हाल्ने काम भने रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले गरे । उनीहरूले चौथो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरे । रोहितले ८१ बलमा सर्वाधिक ८० रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे ।

दीपेन्द्रले ६२ बलमा ६९ रन बनाए र तीन चौका तथा चार छक्का प्रहार गरे । ओमानी बलरमध्ये साह फैसल सर्वाधिक सफल रहे । उनले ५७ रनमा पाँच विकेट लिए । जय ओदेद्राले ४४ रनमा तीन र समय श्रीवास्तवले ६१ रनमा दुई विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →