← समाचारमा फर्कनुस्
Football Sep 03, 2026 · Swadesh

नेपालले मलेसियालाई ६ विकेटले हराउँदै एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित

नेपालले मलेसियालाई ६ विकेटले हराउँदै एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा नेपालले आयोजक मलेसियालाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ।


बिहीबार बंगीस्थित वाईएसडी-यूकेएम क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भयो। मलेसियाका लागि सैयद अजिजले सर्वाधिक ३० रनको योगदान दिए भने अहमद एकिल वाहिदले २४ रन जोडे।

नेपालका करण केसीले ४ विकेट लिएर उत्कृष्ट बलिङ गरे। ललित नारायण राजवंशीले २ तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट हात पारे।


जवाफमा १०४ रनको लक्ष्य पछ्याएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाई जित हासिल गर्यो। नेपालका सलामी ब्याट्सम्यान अर्जुन कुमालले ६८ बलमा ४ चौकासहित ४५ रन बनाएर अविजित रहे। इशान पाण्डेले २९ बलमा २० रनको योगदान दिए। अर्जुन र इशानबीच तेस्रो विकेटका लागि ५७ रनको महत्वपूर्ण साझेदारी भयो। दीपेन्द्र सिंह ऐरी १२ रनमा अविजित रहे।


यस जितसँगै नेपालले समूह 'ए' मा २ खेलमा २ जितका साथ ४ अंक जोडेको छ र समूहको शीर्ष स्थानमा रहेको छ। नेपालले यसअघि बहराइनलाई ७ विकेटले हराएको थियो भने मलेसियाले साउदी अरेबियालाई पराजित गरेको थियो। नेपालको अर्को खेल आइतबार साउदी अरेबियासँग हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →