← समाचारमा फर्कनुस्
महिला ओलम्पिक फुटबलको छनोटमा नेपाल र भियतनामको खेल नेपालमा हुने

काठमाडौ- महिला ओलम्पिक फुटबलको एशियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीचको नेपालमा हुने भएको छ ।
नेपाल र भियतनामबीचको खेल चैत २२ र २५ गते दशरथ रंगशालमा हुने भएको छ ।
यस प्रतियोगितामा सहभागी हुन भियतनामको महिला टोली चैत्र २० गते नेपाल आउने छ ।
यस प्रतियोगिताको लागी नेपाली राष्ट्रिय महिला फुटबल टिम हाल बन्द प्रशिक्षणमा रहेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको मार्केटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्टस प्रालिलाई दिइसकेको जनाएको छ।
यस प्रतियोगिताको सन्चालन गर्नका लागी ४३ लाख अनुमानित बजेट लाग्ने पनि एन्फाले जानकारि दिएको छ।
प्रतियोगिताको लागी एन्फाले साधारण प्याराफिटतर्फ ३०० रुपैया र भिआइपितर्फको प्याराफिटका लागी रु १००० तोकेको छ।
त्यस्तै अनलाइन टिकेट किन्नका लागी एन्फाले खल्ति एपसंग साझेदारि गरेको बताएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |