बलियो टोलि भियतनामविरुद्ध मैदान उत्रिदै नोपाल

काठमाडौ- नेपाली राष्ट्रिय महिला टोलिले आज पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको पहिलो खेलमा बलियो टोलि भियतनामविरुद्ध खेल्दैछ।
त्रिपपरेश्वरस्थित दशरथ रंगशालमा दुईबिचको खेल साझ ६ हजे सुरु हुनेछ ।
यस खेललाई लिएर नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफुहरु तयार रहेको र फिफा वरियताले असर नगर्ने बताएकी छिन् ।
छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् ।
भियतनामले आउदो महिला विश्वकप फुटबल खेल्दैछ। त्यस्तै फिफा वरीयतामा भियतनाम ३३औ स्थानमा रहेको बलियो टोलि हो।
नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ
डिफेन्डरः समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ
मिडफिल्डरः रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत र अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |