नेपालले आज उज्बेकिस्तान संग खेल्दै, जित्नै पर्ने दबाब

नेपालले आज एएफसी एशियन कप छनोटको तेस्रो खेल उज्बेकिस्तान संग खेल्दै छ। खेल नेपाली समय अनुसार सांझ ९१५ बजे उज्बेकिस्तानको बनयोडकर रंगशालामा हुनेछन्।
नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले पराजित गरेको थियो भने श्रीलंकालाई ८-० गोलले पराजित गरेको थियो। यता उज्बेकिस्तानले श्रीलंकालाई १०-० गोलले पराजित गरेको थियो भने लाओसलाई ७-० गोलले पराजित गरेको थियो।
आजको खेल नेपालको लागि महत्वपूर्ण खेल रहेको छ। आज नेपालले उज्बेकिस्तान पराजित गरे मात्र एशिया कपमा छनोट हुनेछ ।
यसैगरी आज नै समूह एफ को पहिलो खेल श्रीलंका र लाओस बिच १८ः१५बजे हुदैछ।
बेल्जियमका प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा रहेको नेपाल टोलीको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलंकासँग रहेकोछ। समूह विजेता मात्र अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने अन्तिम प्रतियोगिताको लागि छनोट हुनेछ।
नेपालको तेस्रो खेल आयोजक उज्बेकिस्तानसंग जुलाई ५ २०२५, शनिबार हुनेछ।
नेपाल यसअघि तीन पटक एसियाली कपको लागि छनोट भइसकेको छ, तर समूह चरणबाटै बाहिरिएको थियो।
एसियन कप छनोटका लागि नेपाली टोली
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अञ्जना राना मगर
डिफेन्डरः गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी, रेखा पौडेल
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |