← समाचारमा फर्कनुस्
Martial Arts Jul 31, 2024 · Swadesh

नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

नेपाललाई १३ स्वर्ण र ९ रजत पदक
छैठौ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनशिप(फेस्टिवल) मा १३ स्वर्ण र ९ रजत सहित टिम दोस्रो भई स्वदेश फर्किएका  खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ । परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई बधाई दिनु भएको हो । प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनशिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गर्नुभएको छ ।  

खेलाडीहरुलाई बाधाई दिनु हुदै धमलाले खेलाडीहरुको उच्च प्रर्दशनले नेपाली शान बढेको बताउनुभयो । 
विभिन्न विधामा खेलाडीहरु अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन भने, सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १÷१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक÷ एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् । 

यस्तै  सफल पाठक, समिर बस्नेत,रिदम गोलेले १÷१ रजत पदक प्राप्त गर्न सफल भएका हुन । यस्तै सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २÷२ तथा यान्चेन्ला इलावा  र गु्रप इभेन्टमा १÷१ रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढूंगानाले जनाकारी दिनु भएको हो ।  


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →