नेपालले पेरिस ओलम्पिकका एसियाली छनोट खेलहरू आयोजना गर्ने

नेपाल सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला ओलम्पिक फुटबलको एसियाली छनोटको पहिलो चरणको आयोजकका रूपमा पक्का भएको छ ।
नेपाल छनोटको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै परेको छ । एएफसीले नेपाललाई समूह सी को आयोजक राष्ट्रको रूपमा पुष्टि गरेको छ। प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिएपछि नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नेछ।
पहिलो चरणका खेलहरू अप्रिल ३ र ११ गते हुनेछन् ।
समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया यसअघि नै दोस्रो चरणको लागि छनोट भइसकेका छन् । दोस्रो चरणमा टोलीलाई तीन समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहको विजेता र एक उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्नेछ।
तेस्रो राउण्डबाट शीर्ष दुई टोलीले पेरिस ओलम्पिक २०२४ मा आफ्नो स्थान सुरक्षित गर्नेछन्।
छनोटको तयारीमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले फेब्रुअरी १५ मा भएको पहिलो खेल २–२ गोलको बराबरीमा खेलेको थियो भने फेब्रुअरी १८ मा भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |