आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २: नेदरल्यान्ड्स नेपाल र नामिबियाको खेल पर्सी देखि

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ (२०२४–२०२६) अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्समा त्रिदेशिय एकदिवसीय सिरिज पर्सी खेल्छदै। यस सिरिजमा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबिया सँग दुई–दुई खेल खेल्नेछ। सबै खेलहरू नेदरल्यान्ड्सको स्पोर्टपार्क मार्सल्करवेर्ड मैदानमा आयोजना हुनेछन्।
नेपाली समय अनुसार खेलहरू दिउँसो २:४५ बजे (स्थानीय समय ११:०० बजे) सुरु हुनेछन्।
नेपालको खेल तालिका:
साउन ५, २०८३ (जुलाई २१, २०२६) - नेपाल विरुद्ध नामिबिया
साउन ७, २०८३ (जुलाई २३, २०२६) - नेपाल विरुद्ध नेदरल्यान्ड्स
साउन ११, २०८३ (जुलाई २७, २०२६) - नेपाल विरुद्ध नामिबिया
साउन १३, २०८३ (जुलाई २९, २०२६) - नेपाल विरुद्ध नेदरल्यान्ड्स
वर्तमान स्थिति र चुनौती
नेपालले यसअघि घरेलु मैदान (त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान) मा खेलिएका लिग २ का खेलहरूमा स्कटल्यान्ड र युएई विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा निकालेको थियो। तर, युरोपेली पिच र ओसिलो कन्डिसनमा नेदरल्यान्ड्स र नामिबिया जस्ता बलिया टोलीहरूलाई उनीहरूकै भूमिमा पराजित गर्नु नेपालका लागि निकै चुनौतीपूर्ण र महत्त्वपूर्ण हुनेछ।
शीर्ष ४ भित्र पर्दै सिधै विश्वकप क्वालिफायरमा छनोट हुने नेपालको लक्ष्यका लागि यो डच सिरिज निकै निर्णायक मानिएको छ। टोलीका मुख्य खेलाडीहरू हालै श्रीलंकाको लंका प्रिमियर लिग (LPL) र अन्य अन्तर्राष्ट्रिय खेलहरू सकेर यस सिरिजका लागि तयार अवस्थामा रहेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |