← समाचारमा फर्कनुस्
नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा पराजित

काठमाडौं। पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चणको अन्तिम खेलमा पनि नेपालको हारको श्रृंखला जारी रहेको छ। सोमबार सम्पन्न आफ्नो पाँचौं खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा ३–० ले पराजित भएको हो।
नेपालले पहिलो सेटमा कडा चुनौती दिए पनि २४–२६ ले गुमायो। त्यसपछि दोस्रो सेट २०–२५ र तेस्रो सेट २२–२५ ले गुमाउँदै नेपालले लगातार पाँचौं हार बेहोरेको हो।
प्रतियोगिताभर संघर्षपूर्ण प्रदर्शन गरे पनि नेपालले जित निकाल्न सकेको छैन। पहिलो सेटमा प्रतिस्पर्धात्मक खेल देखाएको नेपालले त्यसपछिका दुई सेटमा भने लय कायम राख्न सकेन।
यसअघि नेपाल काजाकिस्तान, श्रीलंका, पाकिस्तान र बंगलादेशसँग पनि पराजित भएको थियो। नेपालले अब भोलि पाँचौं स्थानको लागि खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |