← समाचारमा फर्कनुस्
Cricket Sep 06, 2026 · Swadesh

नेपाल प्रिमियर कपको सेमिफाइनलमा

नेपाल प्रिमियर कपको सेमिफाइनलमा

नेपालले लगातार तेस्रो जित निकाल्दै आइतबार एसीसी प्रिमियर कपको सेमिफाइनल यात्रा तय गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले साउदी अरेबियालाई पाँच विकेटले पराजित गरेको हो । नेपालले यसअघि बहराइन र मलेसियालाई पनि हराएको थियो ।

साउदी अरेबियाले भने लगातार तेस्रो हार बेहोरेपछि प्रतियोगितामा उसको चुनौती सकिएको छ । समूह ए को खेलमा साउदी अरेबियाले पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । त्यसमा ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए ।

नेपाली बलरमध्ये कप्तान सन्दीप लामिछानेले १९ रन खर्चेर तीन विकेट लिए । नेपालले जवाफमा ४१ ओभरमा पाँच विकेट गुमाएर १ सय ९३ रन बनायो । त्यसमा गुल्सन झाले ४४ रन बनाए र नटआउट रहे । यस्तै इशान पाण्डेले ४० रन जोडे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →