← समाचारमा फर्कनुस्
Cricket Apr 20, 2026 · Swadesh

नेपाल ‘ए’ टोली घोषणा, मुलपानीमा ओमान–स्कटल्याण्ड–अमेरिकासँग शृंखला खेल्दै

नेपाल ‘ए’ टोली घोषणा, मुलपानीमा ओमान–स्कटल्याण्ड–अमेरिकासँग शृंखला खेल्दै

काठमाडौं। नेपाल क्रिकेट संघले ‘नेपाल ए’ टोलीको प्रारम्भिक स्क्वाड घोषणा गरेको छ। आगामी अप्रिल २२ देखि मे ११ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा ओमान, स्कटल्याण्ड र संयुक्त राज्य अमेरिका ९यूएसए० विरुद्ध हुने शृंखलाका लागि ३२ सदस्यीय टोली छनोट गरेको हो।


संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगितालाई लक्षित गर्दै अनुभवी र युवा खेलाडीको समिश्रणसहित टोली तयार पारिएको छ। ‍


टोलीमा तृजराज दास, देव खनाल, शंकर राना, ईशान पाण्डे, अरनिको यादव, विवेक रानामगर, अनिलकुमार साह, अर्जुन घर्तीमगर, नारायण जोशी, रशिद खान, सन्तोष यादव, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, विशाल पट्टेल, अर्जुन साउद, प्रतिश जीसी, कुशल मल्ल, युवराज खत्री, विपिन खत्री, दीपेश कँडेल, शेर मल्ल, रुपेश सिंह, सुभ कंसकार, पवन सराफ, सागर ढकाल, दीपक प्रसाद डुम्रे, साहब आलम, प्रकाश जैसी, सन्दीप जोरा, नयन यादव र अभिषेक गौतम रहेका छन्।


टोलीको प्रमुख प्रशिक्षकमा राजु बस्न्यात नियुक्त भएका छन् भने सहायक प्रशिक्षकको जिम्मेवारी प्रकाश शर्मा ले पाएका छन्।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →