← समाचारमा फर्कनुस्
Top Headlines Aug 25, 2026 · Swadesh

नेपाल ‘ए’ को पहिलो जित,

नेपाल ‘ए’ को पहिलो जित,

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत नेपाल ‘ए’ ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगिताको पहिलो जित हात पारेको छ।


डार्विनस्थित मरारा क्रिकेट मैदानमा सोमबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको मध्यम योगफल तयार पारेको थियो। नेपालका लागि कुशल भुर्तेलले ३४ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ३९ रनको योगदान दिए। ओपनर मयान यादवले २५ बलमा ४ चौकासहित ३१ रन बनाए भने कप्तान अनिल साहले २१ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडे। तल्लो क्रममा लोकेश बमले १६ बलमा अविजित २० रनको पारी खेले। होबार्टका लागि राफ म्याकमिलनले ४ ओभरमा १८ रन दिई ३ विकेट लिए।

१५५ रनको विजयी लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा मात्र ११५ रनमा अलआउट भयो। होबार्टका लागि नितेश साम्युलले सर्वाधिक ३७ रन बनाए। टिम वार्डले १८ बलमा २३ रन तथा कप्तान निवेथन राधाकृष्णनले २१ बलमा २० रन बनाए।


नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै होबार्टलाई सस्तैमा समेटे। नारायण जोशीले २ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए। पवन सर्राफले ४ ओभरमा १६ रन दिएर २ विकेट तथा शाहब आलमले ३.३ ओभरमा १७ रन खर्चेर २ विकेट हात पारे। विपिन खत्रीले १ विकेट लिए भने नेपालले दुई ब्याटरलाई रनआउट गरेको थियो।


यसअघि नेपालले एनटी स्ट्राइक र बंगलादेश हाई पर्फर्मेन्स ११ विरुद्ध लगातार हार व्यहोरेको थियो। यो जितसँगै नेपालले सिरिजमा पहिलो सफलता हासिल गरेको छ। नेपालले आफ्नो अर्को खेल अगस्ट २६ मा एसीटी कमेट्सविरुद्ध खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →