अमेरिकामाथि नेपाल ‘ए’ को जित

काठमाडौं। नेपाल ‘ए’ ले अभ्यास खेलमा अमेरिकाविरुद्ध ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। जारी अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि नेपाल ‘ए’ ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको थियो।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
नेपाल ‘ए’ को जितमा मयन यादवले सर्वाधिक ७२ रनको योगदान दिए। उनले ८० बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी सन्दीप जोहरा ३६, कुशल मल्ल ३३, पवन सर्राफ अविजित २४, कप्तान अनिलकुमार शाह २७ तथा त्रितराज दासले २३ रन बनाए। देव खनाल १७ तथा बसिर अहमद १८ रन बनाएर आउट भए।
जारी अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि नेपाल ‘ए’ ले बिहिबार स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएकाे थियो।
अमेरिकाका स्मित पटेलले १०८ बलमा १० चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ११६ रनको शतकीय इनिङ खेलेका थिए।
कप्तान मोनांक पटेल २०, शुभम रञ्जने १६, सञ्जय कृष्णमुर्थी १५ तथा साइतेजा मक्कमल्ला १० रनमा आउट भएका थिए। हरमित सिंह २५ तथा जसदिप सिंह ३३ रनमा अविजित रहेका थिए।
नेपाल 'ए' का पवन सरार्फले २ तथा नारायण जोशी, रशिद खान, शेर मल्ल, बसिर अहमद, शाहब आलम र विपिन खत्रीले समान १ विकेट आफ्नो नाममा गरे। तेस्रो अभ्यास खेलमा शनिबार नेपाल 'ए' ले स्कटल्याण्डको सामना गर्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women