← समाचारमा फर्कनुस्
नेपाल १६७ रनले विजयी

काठमाडौं। एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह ‘ए’ को खेलमा नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
सिंगापुरमा बिहीबार सम्पन्न खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले १२६ रन र आसिफ शेखले ६८ रनको विस्फोटक इनिङ्स खेलेका थिए।
नेपालले दिएकाे २७६ रनको लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमै समेटियो। मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक ५४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
नेपालका शेर मल्लले ३ विकेट लिए भने सन्दीप लामिछाने, कुशल मल्ल, सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
याे जितसँगै समूह बिजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women