← समाचारमा फर्कनुस्
Basketball Jun 19, 2023 · Shishir

फाइभ नेसन्स बास्केटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

फाइभ नेसन्स बास्केटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं- माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित  गर्दै जित निकालेको हो। नेपालको यो तेस्रो जित हो। पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार  पाकिस्तान र बङ्गलादेशलाई हराएको थियो।

यो जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रह्यो।  समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा छ। 

यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा छन् भने ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ। 

शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ। 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →