← समाचारमा फर्कनुस्
Top Headlines Sep 08, 2026 · Swadesh

एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

केडिया ग्रुपको आयोजना भइरहेको एक्सट्रिम इनर्जी डिं«क नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको रकम ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

नेपाल भलिबल लिग सुरु हुन अघि नै आयोजकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पीडितको उद्धार, उपचार र पुनस्र्थापनाको अभियानमा सहयोग पु¥याउने उद्देश्यले नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियौं । सोही प्रतिबद्धता अनुरुप ५ लाख ९० हजार १ सय ५० रुपैयाँ कोषमा जम्मा गरिएको हो ।

केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकम बराबरको चेक अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबार हस्तान्तरण गर्नु भयो । सो अवसरमा नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र नेपाल भलिबल लिग सीओओ विकास खेतानको पनि उपस्थिति रहेको थियो ।

यो पवित्र अभियानमा सहयोग गर्ने नेपाल भलिबल लिगमा सहभागी ६ फ्रेन्चाइज टोली सगरमाथा स्म्यासर्स, कर्णाली शिवराज, मधेश वारियर्स, खप्तड फाल्कन्स, काठमाडौं रेड्स र अन्नपूर्ण स्पाइकर किङ्ससहित दर्शक, शुभचिन्तकलगायतमा हार्दिक धन्यवाद ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →