TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Apr 02, 2026 · Swadesh

एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ को तयारी पूरा भएको छ । आयोजक खेलाडी संघका अध्यक्ष शिवसुन्दर गोथेले तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।


स्थानिय आयोजक बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले अवर्डामा सहभागी हुने सबैको स्वागतका लागि तयार रहेको बताउदै अवार्ड आयोजना गर्न अवसर दिएकोमा खेलाडी संघलाई धन्यवाद दिए ।


विभिन्न २६ खेलका त्यत्तिनै संख्यामा खेलाडीलाई पुरस्कृत गरिने महासचिव गोथेले बताए । फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, जुडो, ब्याडमिन्टन, आर्चरी, फेन्सिङ, ट्रायथलन, पौडी, कुस्ती, बास्केटबल, कबड्डी, कराते, भलिबल, तेक्वान्दो, जिम्न्याष्टिक, लनटेनिस, हक्की, टेबलटेनिस, बक्सिङ, स्की, क्यानोइङ र साइक्लिङ खेलका खेलाडीलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिने छ ।


त्यसबाहेक समान १–१ पुरुष÷महिला सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख र प्रतिभाशाली खेलाडीलाई जनही ५० हजार, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व र एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारसहित जनही ३५ हजार तथा एक वर्ष उत्कृष्ट पारा खेलाडीलाई १५ हजार नगद पुरस्कारसहित सम्मान गरिने छ ।


अवार्ड कार्यक्रम बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुनेछ । अवार्ड कार्यक्रम काठमाडौं उपत्यका बाहिर पहिलोपटक हुन लागेको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →