← समाचारमा फर्कनुस्
तिलकको शतकमा मुम्बई विजयी

तिलक वर्माले बनाएको पहिलो शतकको मदतले मुम्बई इन्डियन्सले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्सलाई सजिलै ९९ रनले हराएको छ । अहमदावादमा पहिले ब्याटिङ गरेको मुम्बईले पाँच विकेटमा १ सय ९९ रन बनाएको थियो ।
पाँचौं क्रममा ब्याटिङका लागि ओर्लेका तिककले ४५ बलको सामना गरेर १ सय १ रन बनाए र नटआउट पनि रहे । उनले आठ चौका र सात छक्का प्रहार गरे । नमन धिरले पनि ४५ रनको योगदान गरे ।
जवाफमा गुजरात एक सय रन बनाएर १५.५ ओभरमा अलआउट भयो । उसका लागि कोही पनि ब्याटरले गतिलो योगदान गर्न सकेनन् । यो नतिजापछि गुजरात छ अंकमा छैटौं र मुम्बई चार अंकमा सातौं स्थानमा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women