← समाचारमा फर्कनुस्
मुम्बईमाथि हैदरावादको उत्कृष्ट जित

हेनरिक क्लासेनले नटआउट रहेर ३० बलमा बनाएको ६५ रनको मदतले सनराइज हैदरावाले बुधबार इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्समाथि छ विकेटको उत्कृष्ट जित निकालेको छ । हैदरावाद आठ बलको खेल बाँकी छँदै जितसम्म पुगेको थियो ।
यसक्रममा हैदरवादले प्रतियोगिताको इतिहासमै तेस्रो ठूलो स्कोर सफलतापूर्वक पछ्याएको कीर्तिमान बनाएको छ । खराव लयमा रहेको मुम्बईले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ४३ रन बनाएको थियो । त्यसमा रायन रिकेल्टनले ५५ बलमा १ सय २५ रन बनाए ।
त्यसको जवाफमा हैदरावादले चार विकेटमा २ सय ४९ रन बनायो । विजयी टिमका लागि अभिषेक शर्माले ४५ र ट्रेभिस हेडले ७६ रन बनाएर जितको आधार तयार पारे । यो जितपछि हैदरावाद १२ अंकमा तेस्रो स्थानमा उक्लिन सफल रह्यो । मुम्बई भने चार अंकमा नवौं स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women