मेक्सिकोको शानदार विजयी सुरुआत

मेक्सिकोले विश्वकप २०२६ मा बिहीबार शानदार विजयी सुरुआत लिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले नौ खेलाडीमा सीमित दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो ।
ऐतिहासिक स्टाडियो एजटेकामा भएको खेलमा जुलियन क्विनेसले नवौं मिनेटमा पहिलो गोल गरे । त्यसपछि भेट्रान स्ट्राइकर राउल जिमिनेजले ६७ औं मिनेटमा दोस्रो गोल थपे । यो जितपछि समूह ए बाट मेक्सिकोको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।
पूरा खेल अवधिमा दक्षिण अफ्रिकाले बलियो चुनौती पेस गर्न सकेन् र उसले रातो कार्डमा स्फेफेलो सिथोल तथा टेम्बा जेवानेलाई गुमाएको थियो । खेलको अन्त्यतिर मेक्सिकोका डिफेन्डर सिजर मोन्टेस रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।
त्यस खेल अगाडि आयोजित उद्घाटन समारोहमा सकिरा लगायत अन्यले सांगितिक प्रस्तुत पनि दिएका थिए । मेक्सिकोमा ४० वर्षयता पहिलो पटक विश्वकप फर्केको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women