← समाचारमा फर्कनुस्
Football Apr 09, 2023 · Nepalsports

रोनाल्डोलाई पछि पार्दै मेस्सी बने युरोपियन फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी

रोनाल्डोलाई पछि पार्दै मेस्सी बने युरोपियन फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी

काठमाडौँ- अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डोलाई युरोपियन क्लब गोलमा पछि पार्दै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा गराएका छन्। 

 फ्रेन्च लिग वान अन्तर्गत रात भएको खेलमा निकेविरुद्ध गोल गर्दै मेस्सीले यो किर्तीमान बनाएका हुन्। क्लब फुटबलमा युरोपियन फुटबलभन्दा बाहिर रहेका रोनाल्डो जारि सिजन साउदि अरेबियामा आबद्ध छन्। एक सिजन अगाडी युरोप छाडेका रोनाल्डोले युरोपियन क्लबमा ७०१ गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा रहेका थिए। जसका लागी रोनाल्डोले ९४९ खेल खेलेका थिए।

उता ८४१ खेल खेल्दै मेस्सीले ७०२ गोल गरेर क्लब फुटबलमा युरोपमा अफिसियल सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन्। अघिल्लो सातामात्रै मेस्सीले अर्जेन्टिनाको जर्सिमा १०० अन्तराष्ट्रिय गोल पुरा गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →