← समाचारमा फर्कनुस्
बिदाई खेलमा मेसीको शानदार प्रदर्शन

आफ्नो बिदाई खेलमा लियोनल मेसीले बुधबार शानदार प्रदर्शन गरेका छन् र त्यसमै टिकेर अर्जेन्टिनाले बेनिनलाई मैत्रीपूर्ण खेलमा ३–० ले पराजित गरेको छ । मेसीले पेनाल्टीबाट एक गोल गरे । अर्को दुई गोलमा सहयोगी भूमिका निभाए ।
विश्वकप २०२६ को फाइनलपछि मेसीको यो अर्जेन्टिनाका लागि पहिलो खेल हो । उनले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका थिए ।
ब्युनर्स आयर्समा भएको खेलमा मेसीले पेनाल्टीबाट ७१ औं मिनेटमा आफ्नो टिमका लागि तेस्रो गोल गरेका हुन् । अर्जेन्टिनाका लागि यो उनको कीर्तिमान १ सय २६ औं गोल रह्यो ।
त्यस अगाडि उनकै कर्नरमा निकोलस ओटमेन्डीले ४८ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि मेसीले मिलाएको पासमा निको पाजले ६१ औं मिनेटमा दोस्रो गोल थपे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |