← समाचारमा फर्कनुस्
Football Feb 28, 2023 · Nepalsports

फिफा प्लेयर अफ द इयर अवार्ड मेस्सीलाई

फिफा प्लेयर अफ द इयर अवार्ड  मेस्सीलाई

विश्व कप विजेता अर्जेन्टिनाका कप्तान तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । मेस्सीले फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।

मेस्सीले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सीले २०२१/२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जिते । महिलाको कोच अफ द इयर अवार्ड सरिना वेइगम्यानले हात पारिन् ।

गोलकिपर अफ द इयर अवार्डको पुरुषतर्फ अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र महिलामा मारी एअर्प्सले जितिन् ।

मार्सिन ओलेक्सीले पुस्कास अवार्ड प्राप्त गर्दा बेस्ट फ्यान अवार्ड अर्जेन्टिना समर्थक र फेयर प्ले अवार्ड लुका लोचोसभिलीले प्राप्त गरेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →