← समाचारमा फर्कनुस्
एम्बाप्पे बने पिएसजीका अल टाइम टप स्कोरर

काठमाडौ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन्ट पिएसजीका २४ वर्षे फ्रान्सेली फर्वाड केलियन एम्बाप्पे क्लबको शिर्ष गोलकर्ता बनेका छन्।
फ्रेन्च लिग वानमा आज राती भएको खेलमा नान्टेसलाई ४-२ गोल अन्तरले पराजित गर्दा एक गोल गर्दै एम्बाप्पेले यो सफलता हासिल गरेका हुन्।
उनले उरुग्वेका फर्वाड एडिसन काभानीलाई पछि पारेका हुन्। काभानीले पिएसजीका लागी ३०१ खेल खेल्दै २०० गोल गरेका थिए। एम्बाप्पेले मात्र २४७ खेल खेल्दै २०१ गोल गरेका हुन्।
त्यस्तै जाल्टन इभ्राइमोबिच १८० खेलमा १५६ गोल गर्दै पिएसजिका लागी तेस्रो शिर्ष गोल गर्ता हुन भने नेइमार जुनियर १७३ खेलमा १५६ गोल गरेर क्लबका लागी चौथो शिर्ष गोलकर्ताका रुपमा रहेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |