← समाचारमा फर्कनुस्
Football Aug 22, 2026 · Nepalsports

मार्सेको विजयी सुरुआत

मार्सेको विजयी सुरुआत

अल्जेरियाली फरवार्ड एमिन गोरीले २० मिनेटको अन्तरमा गरेको दुई गोलको मदतले मार्सेले फ्रान्सेली लिग वानमा शुक्रबार विजयी सुरुआत लिएको छ र यसत्रममा स्ट्रसबर्गलाई ४–० ले पराजित गरेको छ ।

नयाँ सिजनको उद्घाटन खेलमा ४६ औं मिनेटमा गोलको खाता खोलेपछि ६८ औं मिनेटमा पेनाल्टीबाट अर्को गोल गरे ।खेलको अन्त्यरित मार्सेले दुई गोल थपेको छ । त्यसमा केलियन अबदुलाह र पिएर एमिले होजबर्गले एक एक गोल गरे ।

सन् १९९७ यता मार्से अविश्वसनीय ढंगले स्ट्रसबर्गविरुद्ध अपराजित रहेको छ । लिगको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतार रेनेसविरुद्ध पहिलो खेल खेल्दैछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →