← समाचारमा फर्कनुस्
Football Sep 06, 2026 · Swadesh

युनाइटेडसँग एभरटनको रोमाञ्चक बराबरी

युनाइटेडसँग एभरटनको रोमाञ्चक बराबरी

एन्सली मेइटल्यान्ड निलेसले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा नाटकीय गोल गरेपछि एभरटनले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ ।

त्यस अगाडि बेन्जामिन सेसेकोले ८८ औं मिनेटमा गोल गरेपछि युनाइटेड जिततर्फ अग्रसर देखिएको थियो । तर निलेसको गोलले दुवै टिम एक एक अंकमा चित्त बुझाउन बाध्य भए ।

गोलरहित बराबरीपछि युनाइटेडले ४७ औं मिनेटमा ब्रायन एमबुमोको गोलमा अग्रता लिन सफल भएको थियो । घरेलु टिमका लागि टायरिक जर्जले ८३ औं मिनेटमा गोल फर्काए ।

यो नतिजापछि एभरटनले आफ्नो अपराजित यात्रा कायम राख्दै तीन खेलबाट पाँच अंक हात पारेको छ । निराश युनाइटेड भने तीन खेलबाट चार अंकमै रहेर ११ औं स्थानमा रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →