बार्सिलोनालाई हराउँदै युनाईटेड अन्तिम १६ मा

ग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।
नकआउट चरणको प्ले अफको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई बिहीबार राति २-१ ले हराउँदै समग्रमा ४-३ को जितसहित युनाईटेड अन्तिम १६ मा प्रवेश गरेको हो ।
क्याम्पनाउमा भएको पहिलो लेगमा युनाईटेड र बार्सिलोनाले २-२ गोलको बराबरी खेलेका थिए ।
ओल्ड ट्राफोर्डमा भने युनाईटेडले एक गोलको अग्रता उल्टाएर जित निकाल्यो ।
खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।
खेलको ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।
बार्सिलोना सन् १९९८/९९ को सिजन पछि पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा पुग्न नसकेको हो ।

| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |