मनाङसंग बराबरिसंगै फ्रेन्ड्सलाई रेलिगेसनको दबाब कायमै

काठमाडौ- आठ पटकको शहीद स्मारक ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरीमा रोकिएपछि फ्रेन्ड्स क्लबलाई रेलिगेसनको दबाब थपिएको छ। लिगमा दुई खेल मात्रै बाँकी रहँदा फ्रेन्ड्स अंक तालिकामा १३औँ स्थानमा यथावत् रहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न २४औँ खेलमा मनाङले फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा रोकेको हो। मनाङले निरन्जन धामीको गोलमा शुरूआती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। फ्रेन्ड्सका लागि अमित श्रेष्ठले गोल गर्दै १ अंक दिलाए।
खेलको ३६औँ मिनेटमा मनाङले अग्रता लिने मौका गुमायो। यश महत्राले डिबक्स भित्रबाट फ्रेन्ड्सका डिफेन्डरसँग बल खोस्दै प्रहार गरेका थिए। तर, गोलरक्षक राजाबाबु थापाको हातमा टच हुँदा सेकेन्डबार नजिकबाट बाहिरियो।
४१औँ मिनेटमा फ्रेन्ड्सका कप्तान प्रकाश बूढाथोकीले करिब ३० याडबाट बल प्रहार गरेका थिए। तर, मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले दोस्रो प्रयासमा बचाए। पहिलो हाफको इन्ज्युरी समयमा मनाङका भिषण गुरुङले मध्यभागभन्दा अलिक माथिबाट दिएको बललाई निरन्जन धामीले गोलरक्षक राजुको ठिक अगाडी कनेक्ट गर्न सकेनन्।
लगत्तै काउन्टरमा मिडफिल्डबाट गएको बललाई डिबक्सभित्रबाट विकास थापाले प्रहार गरेका थिए। पहिलो प्रहार गोलरक्षक दीपले फुत्काए। विकासले ६ यार्डबाट पुन: प्रहार गरेपनि सफल हुन सकेनन्। पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५२औँ मिनेटमा मनाङले अग्रता लियो। विजय श्रेष्ठले प्रहार गरेको कर्नर बललाई निरन्जन धामीले हेडरमार्फत् गोलमा परिणत गरे।
५८औँ मिनेटमा मनाङका सुमित श्रेष्ठ पाएको अवसरलाई सदूपयोग गर्न सकेनन्। मिडफिल्डबाट रोशन रानामगरले दिएको लामो पासलाई फ्रेन्ड्सको डिबक्सनजिक कनेक्ट गरेर अगाडि बढाएका थिए। तर, उक्त प्रहारमा फ्रेन्ड्सका रक्षकहरू बाधक बने।
७२औँ मिनेटमा फ्रेन्ड्सले बराबरीमा फर्किने अवसर पुमाए। कप्तान प्रकाशले फस्ट बारतिर गरेको प्रहारलाई दीपले पञ्च गर्दिए। त्यसको ३ मिनेटपछि नै दीपले अर्को खतरा ठारे। श्यामबाबु क्यापछ्याकीले मध्यभाग तलबाट दिएको लामो पासलाई उत्तम राईले भेट्न सक्दा दीपले बल नियन्त्रणमा लिए।
८०औँ मिनेटमा सुमित श्रेष्ठले अग्रता दोब्बर बनाउने मौका गुमाए। रोशन रानामगरले दिएको पासलाघ रन्दीप पौडेलले सुमितको लागि पास मिलाएका थिए। तर, गोल लाइन नजिकबाट गरेको प्रहार फ्रेन्ड्सका गोलरक्षक राजुले बचाए।
८४औँ मिनेटमा फ्रेन्ड्स पेनाल्टीमार्फत् खेलमा फर्कियो। स्यामुयलले दिएको बललाई अगाडी बढाउने क्रममा मनाङका डिफेन्डर आशिष गुरुङले उत्तम राईलाई लडाउन पुगे। प्राप्त पेनाल्टीलाई अमित तामाङले सदूपयोग गर्दै गोलमा परिणत गरे।
यो नतिजासंगै मनाङ रेलिगेसनबाट जोगिएको छ। मनाङको २४ खेलबाट ३२ अंक रहेको छ। मनाङ छैटौँ स्थानमा यथावत् छ। पराजित फ्रेन्ड्सको २६ अंक रहेको छ। १३औँ स्थानमा यथावत् हरेको फ्रेन्ड्स थ्रीस्टारसँग २ अंकले पछाडी रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |