← समाचारमा फर्कनुस्
शानदार जितसहित मनाङ खप्तड गोल्डकपको फाइनलमा

काठमाडौ- मनाङ मर्स्याङ्दी क्लब शानदार जित निकाल्दै छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा एभिनरक्लबलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ फाइनल पुगेको हो ।
मनाङका लागी सेदजामोल दाभ्लातजोनोभले ह्याट्रिक गोल गर्दा जीवन गुरुङ, प्रशन्न श्रेष्ठ र अनिल गुरुङले एक -एक गोल गरे ।
दुई खेलाडीले रातो कार्ड पाएपछि एभिनर सात खेलाडिमा सिमीत भएको थियो।
मनाङले उपाधिका लागि सुदूरपश्चिम–११ र थ्री स्टारबीचको विजेतासँग खेल्नेछ ।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |