← समाचारमा फर्कनुस्
मनाङ मर्स्याङ्दीलाई तिलोत्तमा गोल्डकपको उपाधी

काठमाडौ- २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ।
फाइनलमा प्सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो।
खेलको निर्धारित समयमा दुबै टिमबाट १-१ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।
खेलको ५८ औं मिनेटमा मनाङ मर्स्याङ्दीका सायद जामोलको पासमा कोफिट टोमिटेले गोल गरेका थिए।
खेलको ७० औं मिनेटमा सुदूरपश्चिम ११ का फागुराम थारुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
त्यसपछिको समयमा कुनै पनि गोल हुन नसकेपछि ट्राइब्रेकरमा लगिएको थियो।
उपाधिसँगै मनाङ मर्स्याङ्दीले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ। सुदूरपश्चिम ११ ले भने ५ लाख ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझाएको छ।
photo by Goalnepal
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |