← समाचारमा फर्कनुस्
Football May 04, 2023 · Nepalsports

सिटी शिर्ष स्थानमा, हाल्याण्डको किर्तीमानी

सिटी शिर्ष स्थानमा, हाल्याण्डको किर्तीमानी

इङ्ग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । इतिहाद स्टेडियममा भएको खेलमा सिटीले वेस्ट ह्याम युनाइटेडमाथि ३–० गोल अन्तरले पराजित गरेको हो।

सिटीका लागि नेथम आकी, एर्लिङ्ग हाल्याण्ड र फिल फोडेनले एक एक गोल गरेका थिए

खेलको ५०औं मिनटमा नेथन आकीले गोल गर्दै सिटीलाई अगरता दिलाएको थियो। त्यस्तै खेलको ७०औं मिनटमा हाल्याण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । यसै गोलसँगै हालाण्डले प्रिमियर लिगको एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका छन् ।


नर्वेजियन हाल्याण्डले एलन शियरर र एन्ड्रयु कोलको अघिल्लो ३४ गोलको किर्तिमानलाई पछि पार्दै वेस्ट ह्याम विरुद्ध आफ्नो ३५ औं लिग गोल गर्दै नयाँ किर्तिमान राखेको हो।

यसपछि खेलको ८५औं मिनटमा फोडेनले गोल गर्दै सिटीलाई ३–० गोल अन्तरको सहज जित दिलाए ।

जितसँगै ३३ खेलमा ७९ अंक जोडेर सिटी अंकतालिकामा आर्सनललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । सिटीभन्दा एक खेल बढी खेलेको आर्सनलको ७८ अंक छ । यता हारको ब्यहोरेको वेस्ट ह्याम ३४ खेलमा ३४ अंकका साथ १५औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →