आर्सनलाई पछि पार्दै म्नयानचेस्टर सिटी शिर्ष स्थानमा

प्रिमियर लिगमा म्यानचेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । फुलहमको घरेलु मैदान क्राभेन कटेजमा आईतबार राति भएको खेलमा फुलहमलाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको हो ।
सिटीका लगि एर्लिङ्ग हालाण्ड र जुलियन आल्भारेजले एक एक गोल गरेको थिये। फुलहमका लागि भिनिसियसले एक गोल फर्काएका थिए।नै सिटीले खेलको तेस्रो मिनटमा गोल गर्दै अग्रता दिलाएको थिये। डि-बक्समा आल्भारेजलाई लडाएपछि पेनल्टी पाएको थियो र हालाण्ड गोल चुकेनन् ।
त्यस्तै खेलको १६औं मिनटमा भिनिसियसले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरी अवस्थामा ल्याएका थिए।
यसपछि खेलको ३६औं मिनटमा आल्भारेजले डिबक्स बाहिर हाट प्रहार गरेदै उत्कृष्ट गोल गर्दै २-१ को नतिजामा ल्याए र त्यस गोल नै निर्णायक बन्न पुग्यो ।
जितसँगै आर्सनललाई प्रतिस्थापन गर्दै सिटी अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । सिटीको ३२ खेलमा ७६ अंक भएको छ भने एक खेल बढी खेलेको आर्सनल ७५ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।
यता हारको ब्यहोरेको फुलहम ३३ खेलमा ४५ अंकका साथ दशौं स्थानमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |