मछिन्द्रविरुद्ध संकटासहित आज तीन खेल हुदै

काठमाडौँ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैछन्। छैटौ चरणका खेलहरु सुरु हुदा सुरुवातमा दुई खेलहरुमात्रै भइरहेको थियो। तर आजबाट तीन खेल हुनेछन्।
आज हुने खेलमा दिउसो २ बजे दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र संकटा क्लब भिड्दैछन्। लिगमा संकटाक ६ खेलमा ९ अंक सहित तालिकाको सातौ स्थानमा रहेको छ। उता खराब लयमा गुज्रिरहेको मछिन्द्र समान खेलमा ६ अंकसहित ११ औ स्थानमा रहेको छ।
त्यस्तै २ बजे नै हुने अर्को खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्दैछन्। यी दुईबिचको खेल सातदोबाटो स्थित एन्फा कमप्लेक्समा हुनेछ। लिगमा जितवीहिन रहेको एनआरटी पहिलो जितको खोजीमा रहेको छ। उसको ६ खेलमा ३ अंकसहित १३ औ स्थामा रहेको छ। त्यस्तै एक खेलमात्रै जितेको शेर्पा आज दोस्रो जितको खोजीमा रहेको छ। शेर्पा समान खेलमा ६ अंक सहित १०औ स्थानमा रहेको छ।
त्यस्तै आज हुने अन्तिम खेलमा रोयल ब्लु सातदोबाटो र त्रीभुवन आर्मी क्लब भिड्दैछन्। यी दुईबिचको खेल दशरथ रंगशालामा साझ साढे पाँच बजे सुरु हुनेछ। लिग तालिकाको चौथो स्थानमा रहेको सातदोबाटोको ६ खेलमा १२ अंक रहेको छ। उता आठौ स्थानमा रहेको आर्मीको समान खेलमा ८ अंक रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |