← समाचारमा फर्कनुस्
Football Feb 27, 2023 · Nepalsports

मच्छिन्द्र केपी ओली कपको फाइनलमा प्रवेश

मच्छिन्द्र केपी ओली कपको फाइनलमा प्रवेश

मच्छिन्द्र फुटबल क्लब केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक टोली केपी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा पुगेको हो ।

मच्छिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले गरेको एक मात्र गोल निर्णायक गोल बने। विमलले खेलको १९ औं मिनेटमा गोल गरेको थियो ।

मच्छिन्द्रले फाइनलमा उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

सातदोबाटो त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल पुगिसकेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →