← समाचारमा फर्कनुस्
Football Feb 24, 2023 · Nepalsports

मच्छिन्द्र केपी ओली कप को सेमिफाइनलमा

मच्छिन्द्र केपी ओली कप को सेमिफाइनलमा

मच्छिन्द्र फुटबल क्लब केपी ओली कप को सेमिफाइनलमा प्रवेश गरेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइज युनाईटेडलाई २-१ गोलले पराजित गरेको हो। 

मच्छिन्द्रलाई जित दिलाउन कप्तान सुजल श्रेष्ठ र रंजित धिमालले समान एक एक गोल गरेको थियो । चर्च ब्वाइजले एक गोल भनेआत्मघाती उपहार पाएको थियो।  

खेलको १६ औं मिनेटमा सुजलले फ्रिकिकमार्फत गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए । खेलको ४० औं मिनेटमा रंजितले गोल गर्दै मच्छिन्द्रको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले आत्मघाती गोल गरेपनि २-१ को नतिजामा खेल टुंगिएको थियो ।

अब मच्छिन्द्रले सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसी र जावलाखेल युथ क्लबबीचको विजेतासँग खेल्नेछ । 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →