← समाचारमा फर्कनुस्
लियोनमाथि लेन्स विजयी

फ्रान्सेली लिग वानमा लेन्सले दस खेलाडीमा सीमित रहेर पनि लियोनमाथि २–१ को जित निकालेको छ । फ्लोरिन सोटुका र म्याथ्यु उडोलको गोलले लेन्सले अग्रता लिएको थियो ।
यस्तोमा लियोनका लागि खालिस मेराहले एक गोल फर्काए, तर यो हार रोक्न पर्याप्त रहेन् । त्यसको ठीक अगाडि रातो कार्डमा लेन्सले उडोललाई गुमाएको थियो ।
यो नतिजापछि लियोन ११ अंकमा दोस्रो स्थानमा रह्यो । लेन्स भने सात अंकमा सातौं स्थानमा उक्लेको छ । मोनाको १३ अंकमा शीर्षमा छ र हारले लियोनले पहिलो स्थानमा उक्लिने अवसर गुमाएको हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |