← समाचारमा फर्कनुस्
Football Mar 27, 2023 · Nepalsports

लुका सकर विराटगोल्डकपको सेमिफाइनलमा

लुका सकर विराटगोल्डकपको सेमिफाइनलमा

विराट गोल्डकप फुटबलमा लुका सकर क्लब सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । विराटनगरको शहीद रंगशालामा आज भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । 

त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ५–५ गोलको बराबरी भएपछि खेलको नतिजा सडनडेथबाट निकाल्दा संकटामाथि लुका सकरले ८–७ गोल अन्तरको जित दर्ता गर्न सफल भयो । पहिलो पटक नेपाल खेल्न आएको केरलाको लुकाले अब सेमिफाइनलमा गत संस्करणको उपाधि विजेता एपीएफसँग खेल्ने छ । आजको खेलमा संकटाका अनिस महर्जनको प्रहारलाई लुकाका गोलकिपर मोहम्मद सनफिरले विफल पारेका थिए । लुकाका गोलकिपर मोहम्मद सनफिर भएका छन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

उनको प्रहार विफल भएसपछि लुकाका खेलाडीहरु मैदानमा सेलिब्रेसन गर्न पुगेका थिए ।  निर्धारित समयमा दुवै टिमले पाएका मौकाहरु सदूपयोग गर्न नसक्दा निर्धारितसमय गोलरहित बराबरीमा पुगेको थियो । 
 प्रतियोगिताको विजेताले विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →