लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टलाई आफ्नो आधिकारिक अपरेल पार्टनरका रूपमा अनुबन्ध गरेको छ।
इटालीमा स्थापना भएको लोटो स्पोर्ट एक अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड हो, जसले खेलकुदसम्बन्धी पोसाक, जुत्ता तथा अन्य सामग्री उत्पादन गर्दै आएको छ।
यस साझेदारीसँगै लोटो स्पोर्टले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै नेपाली क्रिकेटको उत्साह र खेलकुदप्रतिको बढ्दो आकर्षणसँग जोडिने भएको छ।
लोटो स्पोर्टले सुदूरपश्चिम रोयल्सको यात्रामा साथ दिन पाउँदा गर्व लागेको बताउँदै क्रिकेटले नेपालमा ल्याउने जोश, ऊर्जा र खेलभावनाको हिस्सा बन्न उत्साहित रहेको जनाएको छ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले लोटो स्पोर्टसँगको साझेदारीले टोलीको व्यावसायिक यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
“लोटो स्पोर्ट जस्तो अन्तर्राष्ट्रिय खेलकुद ब्रान्डसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं। खेलाडीको प्रदर्शनसँगै टोलीको पहिचान र व्यावसायिक प्रस्तुतिमा पनि पोसाकको महत्वपूर्ण भूमिका हुन्छ। यो साझेदारीले सुदूरपश्चिम रोयल्सको यात्रालाई थप व्यवस्थित र आकर्षक बनाउनुका साथै नेपाली क्रिकेटको बढ्दो लोकप्रियतासँग जोडिने अवसर प्रदान गर्ने विश्वास लिएका छौं,” खड्काले भने।
लोटो स्पोर्टले पनि सुदूरपश्चिम रोयल्ससँग जोडिएर मैदानमा टोलीको यात्रालाई साथ दिन पाउनु गर्वको विषय भएको जनाएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |