← समाचारमा फर्कनुस्
तेस्रो खेलमा आएर लिभरपुलको पहिलो जित

एलेक्जान्डर इसाकले खेलको सुरुमै गरेको दुई गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इस्पस्विच टाउनलाई २–० ले हराएको छ र नयाँ सिजन लिगमा पहिलो जित आत्मसात् गरेको छ । स्विडेनी खेलाडी इसाकले खेलको छैटौं र नवौं मिनेटमा गोल गरे ।
नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आएयता लिभरपुलको यो पहिलो जित पनि हो र यसले दबाबमा देखिएका प्रशिक्षकलाई ठूलो राहत दिनेछ । यसअघि लिभरपुलले न्युकासल युनाइटेड र नटिंघम फरेस्टसँग बराबरी खेलेको थियो ।
यो जितपछि लिभरपुलको तीन खेलबाट पाँच अंक भएको छ । इपस्विच टाउन भने तीन अंकमै सीमित रह्यो । यसै पल्ट बढुवा भएर खेलिरहेको इपस्विचको यो लगातार दोस्रो हार हो । उसले सिजनको पहिलो लिग खेल भने जितेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |