← समाचारमा फर्कनुस्
Football Sep 10, 2026 · Swadesh

लिभरपुलको पुनरागमन जित

लिभरपुलको पुनरागमन जित

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजित गरेको छ। बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा गोल खाएपछि पुनरागमन गर्दै जित निकालेको हो ।

खेलको १७औँ मिनेटमा एट्लेटिकोका मार्कोस लोरेन्टेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। जुलियन अल्भारेजको पासमा लोरेन्टेले एलिसन बेकरलाई छकाउँदै गोल गरेका थिए ।

तर, लिभरपुलले पहिलो हाफको अन्त्यतिर डोमिनिक सोबोस्लाईको गोलमार्फत खेल बराबरीमा ल्याए। दोस्रो हाफमा एलेक्सिस म्याक एलिस्टरले २० यार्डबाट शानदार गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

यो जितसँगै लिभरपुलले च्याम्पियन्स लिग सिजनको सुखद सुरुवात गरेको छ। यो खेल लिभरपुलका नयाँ प्रशिक्षक आन्दोनी इराओलाको च्याम्पियन्स लिगमा पहिलो खेल थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →