म्यानचेस्टर युनाइटेड विरुद्घ लिभरपुलको शानदार जित

काठमाडौ-
इंग्लिस प्रिमियर लिग अन्तरगत आज राति सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० गोल अन्तरले पराज्त गरेको छ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको पहिलो हाफमा १-० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा ६ गोल थप्यो।
लिभरपुलका लागी डच खेलाडी कोडी ग्याक्पोले पहिलो हाफमा सुरुवाती गोल गरेको थिए।
त्यसपछि दोस्रो हाफमा ग्याक्पोले अर्को गोल थप्दा ड्राविन नुनेज र मोहमद सलाहले समान २-२ गोल गरे। त्यस्तै ७९ औ मिनेटमा ग्याक्पोको स्थानमा मैदान छिरेका ब्राजिलियन फर्वाड रोबेर्टो फिर्मिनोले एक गोल गरे।
पछिल्लो समय राम्रो लयमा रहेको युनाइटेडले यो सिजन व्यहोरेको यो सबैभन्दा धेरै गोल हो।
यो जितसंगै चार स्थान माथि उक्लिदै तालिकाको पॅाचौ स्थानमा उक्लिएको छ, उसको २५ खेलमा ४२ अंक रहेको छ। पराजित भएको युनाइटेड तेस्रो स्थानमा कायमै रहेको छ, उसको २५ खेलमा ४९ अंक रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |