लुम्बिनी प्ले अफको नजिक

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले बिहीबार नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले हराएको छ । दुई पूर्व विजेताबीचको खेल जितेर लुम्बिनी प्ले अफको नजिक पनि पुगेको छ ।
यो जितले उसको सात अंक भएको छ र यो सिजन अपराजित एक्लो टिम रहेको छ । यससँगै प्रतियोगितामा लुम्बिनीको अपराजित यात्राले १० खेल छोएको छ र अहिलेको अंक तालिकाको शीर्षमा छ ।
जितका लागि १ सय ५० रन पछ्याएको जनकपुरले आठ विकेटमा १ सय ३३ रन बनायो । सइफ हसनको २५ बलमा २८ रन नै एक मात्र उल्लेखनीय प्रदर्शन रह्यो । जनकपुर भने पाँच खेलबाट चार अंकमै सीमित रह्यो ।
पहिले ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटमा १ सय ४९ रन बनाएको थियो । कप्तान रोहित पौडेलले ३० बलमा ३४ रन बनाए र यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
यस्तै दिलीप नाथले १६ बलमा २५ र आसिफ सेखले २१ बलमा २१ रन बनाए । जनकपुरका बलरमध्ये विशाल सुसलिङ र राहुल यादवले दुई विकेट विकेट हात पारे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |