← समाचारमा फर्कनुस्
लाकुरुनासँग लेभान्टेको बराबरी

लेभान्टेले स्पेनी ला लिगामा शुक्रबार डेपोर्टिभो लाकुरुनालाई १–१ को बराबरीमा रोकेको छ । बिल एनसोन्गोको गोलमा लाकुरुनाले ६५ औं मिनेटमा अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न सकेन् ।
भ्रमणकारी लेभान्टेका लागि डानी रेक्वेनाले ८२ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि लाकुरुना नौ खेलबाट ११ अंकमा आठौं स्थानमा रह्यो । लेभान्टे भने आठ खेलबाट सात अंकमा १७ औं स्थानमा रहेको छ ।
शुक्रबार नै जर्मन बुंडेसलिगामा इन्ट्राख्ट फ्रायन्कफर्टले एफसी कोलोनलाई १–० ले हरायो भने इटालीको सिरी ए मा फ्रोसिनले ससुलोलाई ४–२ ले पराजित गर्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |