TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 02, 2026 · Swadesh

लिड्स रेलिगेसनमा नपर्ने निश्चित जस्तै

लिड्स रेलिगेसनमा नपर्ने निश्चित जस्तै

लिड्स युनाइटेडले शुक्रबार यसअघि नै रेलिगेसनमा परिसकेको बर्नलीलाई ३–१ ले हराएको छ र यससँगै यो सिजन इंग्लिस प्रिमियर लिगमा रेलिगेसनमा नपर्ने लगभग निश्चित गरेको छ । लिड्सका लागि एन्टोन स्टाच, नोह ओकफोर र डोमिनिक क्लेभर्ट लेविनले गोल गरे ।


लिगमा चार चरणका खेल बाँकी छँदा लिड्स रेलिगेसन क्षेत्रबाट नौ अंक अगाडि रह्यो । अहिले प्रिमियर लिगको अंक तालिकामा लिड्स १४ औं स्थानमा छ र इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा फर्केयता अब रेलिगेसनमा पर्ने सम्भावना गणितीय मात्रै हो । लिड्सको ४३ अंक भएको छ र यति अंकमा अहिलेसम्म कोही पनि रेलिगेसनमा परेका छैन् ।


पछिल्लो साता लिड्स एफएकपको सेमिफाइनलमा भने चेल्सीको हातबाट पराजित भएसँगै सन् १९७३ यता पहिलो पटक त्यस प्रतियोगिताको फाइनल पुग्न असफल रहेको थियो । तर रेलिगेसनबाट जोगिनु लिड्सका लागि उपलब्धी रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →