आजबाट सकिदै 'ए' डिभिजन लिग, थ्री स्टारलाई रेलिगेसनको खतरा

काठमाडौ- यस सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल आजबाट सकिदैछ।
आज अन्तिम दिन तीन खेल हुँदैछ । लिगको उपाधि चर्च ब्वाइजले जित्दा एफसी खुमलटार रेलिगेसनमा परेको छ। त्यस्तै आज विभागिय टोलि एपिएफ र थ्रिस्टार क्लबबिच एउटा क्लब रेलिगेसनमा पर्नेछ।
दिउँसो २ बजे दशरथ रंगशालामा सुरुहुने खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन्।
लिगको उपविजेताका रुपमा रहेको मछिन्द्रको २५ खेलमा ४२ अंक रहदा मनाङ २५ खेलमा ३२ अंक जोडेर आठौं स्थानमा रहेको छ । दुवै टोलि लिगको सुखद अनत्य गर्ने लक्ष्यमा रहेका छन्।
सोहि समय च्यासल मैदानमा संकटा क्लब र न्युरोड टिम एनआरटी क्लब भिड्दैछन्।
एनआरटी २५ खेलमा ३३ अंक जोड्दै सातौं स्थानमा रहदा संकटा ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ।
आज हुने अन्तिम तथा महत्तवपुर्ण खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबसंग खेल्दैछ
रेलिगेसन जोनमा रहेको थ्री स्टारलाई रेलिगेसनबाट जोगिन आजको खेल जित्नैपर्ने दबाब रहेको छ। थ्री स्टारले आजको खेल जितेको अवस्थामा एपिएफ रेलिगेसनमा पर्नेछ।
आजको खेलमा पराजय भएको अवस्थामा थ्री स्टार बी डिभिजनमा झर्नेछ।
दिउँसो ५:३० बजे दशरथ रंगशालामा यी दुईबिचको खेल सुरु हुनेछ ।
थ्री स्टार २५ खेलमा २९ अंक १३ औं स्थानमा रहदा जावलाखेल २५ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |