← समाचारमा फर्कनुस्
थ्री नेसन्स कप : लाओसद्वारा भुटान पराजित

काठमाडौ- प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा लाओसले भुटानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा लोआसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लाओसको लागी बोन्पाचान बोन्कोङले खेलको तेस्रो र ७१ औं मिनेटमा गोल गरे।
त्यस्तै भुटानका लागी खेलको ३४ औं मिनेटमा कप्तान ग्याल्सेनले गोल गरेका हुन्।
यो जितसँगै लाओसले २ खेलमा ३ अंक जोडेको छ । त्यस्तै पहिलो खेल खेलेको भुटान अंकविहिन रहेको छ।
भुटान र लाओस दुवै टोलिको फाइनल पुग्ने सम्भावना कायमै रहेको छ। अब भुटानले नेपाललाई पराजीत गर्यो भने फाइनलमा पुग्नेछ। त्यस्तै भुटान पराजीत अथवा बराबरी मात्रै भएमा लाओसले फाइनलमा स्थान बनाउनेछ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |