TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Jun 06, 2026 · Swadesh

लाङटाङ ट्रेल रनको उपाधि कुलुङ र गुरुङलाई

लाङटाङ ट्रेल रनको उपाधि कुलुङ र गुरुङलाई

काठमाडौं। रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्यान्जेन गुम्बादेखि स्याफ्रुबेसीसम्मको ३२ किलोमिटर दूरीमा आयोजित ‘लाङटाङ ट्रेल रन–२०२६’ मा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अन्जुली गुरुङले उपाधि जितेका छन्।


रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना तथा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा सम्पन्न प्रतियोगितामा १०६ खेलाडी सहभागी थिए। सहभागीमध्ये १८ महिला र ८८ पुरुष खेलाडी रहेका थिए।


पुरुषतर्फ मिलन कुलुङले २ घण्टा १६ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे। धिरबहादुर बुढा २ घण्टा १८ मिनेट ४७ सेकेन्डसहित दोस्रो तथा विशाल राई २ घण्टा २० मिनेट ०२ सेकेन्डसहित तेस्रो भए। यस्तै, गोपाल तामाङ चौथो र चन्द्र रावत पाँचौँ स्थानमा रहे।


महिलातर्फ अन्जुली गुरुङले ४ घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्। सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ३५ सेकेन्डसहित दोस्रो भइन्। अस्ट्रियाकी खेलाडी आना लेना फर्टनरले ५ घण्टा ०९ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्। गीता महर्जन चौथो तथा सोनु पौडेल पाँचौँ स्थानमा रहिन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →