← समाचारमा फर्कनुस्
पोखरालाई पराजित गर्दै ललितपुर फाइनलमा

ललितपुर सिटी एफसी एनएसएलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा पोखरा ठन्डर्सलाई २-१ गोल पराजित गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हो।
दशरथ रंगशालमा भएको खेलमा ललितपुर पहिलो हाफमा नै १० खेलाडीमा सिमित भएको थियो।खेलको ३३ औं मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समेटिएको थियो ।
ललितपुरका लागि पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै अग्रता दिलाएका थिए।
पोखराका लागि ७१औं मिनेटमा पापा अनोरले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल एक एक गोलमा सकिएपछि खेल एक्ट्रा टईममा गएको थियो । खेलको ९९ औं मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई जित दिलाए ।
अब ललितपुरले धनगढीसँग उपाधिका लागि खेल्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |