ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधी

ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।
ललितपुरका लागि इमो एजिकेलले दुई गोल र दिनेश हेम्जनले एक गोल गरेका थिए । धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजिले समान एक–एक गोल गरेक थियो ।
खेलको ३९औं मिनेटमा धनगढीका लागि ओलावाले अफिजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले हिजाजीले प्रहार गरेको बल बाल्टुसलाई लागेर आफुतिर आएको बलमा गोल गरेको थियो।
पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमो एजिकेलले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए ।
खेलको ५१ औं मिनेटमा दिनेशले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । खेलको ५८ औं मिनेटमा एजिकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई जिततर्फ ल्याए।
खेलको इन्जुरी समयमा हिजाजले गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो । जितसँगै ललितपुरले ७० लाख पुरस्कार पाएको छ ।

ललितपुरका अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडी बन्दै २ लाख रुपैयाँ हात पारे भने ललितपुरकै जेफ बाल्टुस बने उत्कृष्ट गोलरक्षक । धनगढीका इमोह एजेकेल ६ गोलसहित सर्वाधिक गोलकर्ता बने। धनगढीका रोहन कार्की उदियमान खेलाडीले सम्मान पाए। वीरगन्ज युनाइटेडलाई फेयर प्लेको उपाधी दिएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women