TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Jun 12, 2026 · Swadesh

ललिता नाथले पूरा गरिन् एफआईभीबी लेभल–१ प्रशिक्षक कोर्स

ललिता नाथले पूरा गरिन् एफआईभीबी लेभल–१ प्रशिक्षक कोर्स

काठमाडौं। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी ललिता नाथले एफआईभीबी लेभल–१ भलिबल प्रशिक्षक कोर्स सफलतापूर्वक पूरा गरेकी छन्।

विश्व भलिबल महासंघ (एफआईभीबी) द्वारा जुन ८ देखि १२, २०२६ सम्म थाइल्यान्डस्थित एफआईभीबी डेभलपमेन्ट सेन्टरमा सञ्चालन गरिएको उक्त अन्तर्राष्ट्रिय कोर्समा सहभागी नाथले आवश्यक सबै शैक्षिक तथा व्यावहारिक मूल्यांकन सफलतापूर्वक पूरा गर्दै प्रमाणपत्र प्राप्त गरेकी हुन्।

हाल न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी सहायक प्रशिक्षकको भूमिकामा रहेकी नाथ सोही क्लबकी पूर्व कप्तान समेत हुन्। उनको यो उपलब्धिले नेपाली महिला भलिबल प्रशिक्षण क्षेत्रमा थप ऊर्जा र प्रेरणा थप्ने अपेक्षा गरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →